काठमाडौं- बिहीबार सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा निवर्तमान गृहमन्त्री रामबहादुर थापा तथा नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) पराजित भएपछि विभिन्न टिकाटिपप्णी आउनेक्रम जारी छ ।
खिमलाल देवकोटासँग पराजित भएका बादलले भने पराजय स्वीकार गर्दै देवकोटालाई बधाई दिइसकेका छन् ।
उपनिर्वाचनमा बादल पराजित हुनुको मुख्य कारक विपक्षी दलभन्दा आफ्नै पार्टीका माधव नेपाल समूह रहेको बताउँछन् पूर्वमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटा ।
बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा संक्षिप्त प्रतिक्रिया लेख्दै बाँस्कोटाले भनेका छन्, ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुआत मात्र ।’