कांग्रेस पदाधिकारी बैठक बस्दै-Sutra News

कांग्रेस पदाधिकारी बैठक बस्दै

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रपतिबाट बिहीबार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया सुरु गर्न आह्वान गर्नु असंवैधानिक कदम भएको जनाएको छ ।



यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक बोलाएको छ ।

बैठक विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा राष्ट्रपतिको पछिल्लो आह्वानपछि पार्टीले चाल्ने कदमका विषयमा छलफल हुने जनाइएको छ ।

बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार सरकारका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेकी हुन् । उनले आज बेलुका पाँच बजेसम्मको समय दिएकी छिन् ।

प्रधानमन्त्रीले विश्वासको मत नलिने हो भने त्यसअघि नै राजीनामा दिनुपर्ने कांग्रेसको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट