महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँः गगन थापा-Sutra News

महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँः गगन थापा

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्न दलहरुलाई आह्वान गरेका छन् ।



प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्न थापाले दलहरुलाई आह्वान गरेका हुन् ।

उनले राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार गठन गरी प्रधानमन्त्री केपी ओलीलाई पनि बिदा गर्न आह्वान गरेका छन् ।

‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रधानमन्त्रीले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो’, गगनले भनेका छन्, ‘गनगन गरेर नबसौँ । सुझबुझ पुर्‍याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौँ, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ ।’

महाअभियोगको प्रस्ताव पारित हुन संसदको दुई तिहाई बहुमत चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट