भारतीय वायु सेनाको लडाकु जहाज दुर्घटना-Sutra News

भारतीय वायु सेनाको लडाकु जहाज दुर्घटना

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

काठमाडौं- भारतमा वायु सेनाको एउटा लडाकु जहाज दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।



भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जाबको मोगानजिकै बिहीबार राति वायु सेनाको एमआइजी-२१ लडाकु जहाज दुर्घटनामा परेको हो ।

तालिमका क्रममा रहेको जहाज दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाबारे छानबिन गर्न समिति बनाइएको छ ।

यो वर्ष भारतीय वायु सेनाको एमआइजी-२१ लडाकु जहाज दुर्घटनामा परेको यो तेस्रो घटना हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट