कांग्रेसले भन्यो- राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको मर्म र भावनालाई बारम्बार कुल्चिए, अब विकल्प खोजौं-Sutra News

कांग्रेसले भन्यो- राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको मर्म र भावनालाई बारम्बार कुल्चिए, अब विकल्प खोजौं

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

काठमाडौं- मुख्य विपक्षी नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको मर्म र भावनालाई बारम्बार कुल्चिएको निष्कर्ष निकालेको छ ।



कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको शुक्रबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले सबै दलसँग छलफल गरेर यस्ता प्रवृत्तिलाई रोक्न सबै विकल्पमा जाने निर्णय गरेको हो ।

बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको कांग्रेसको ठहर छ ।

संविधानको मर्म र भावनालाई कुल्चने प्रवृत्तिलाई रोक्न सबै दलसँग छलफल गर्ने कांग्रेसले बताएको छ । बैठकपछि सहमहामन्त्री डा.प्रकाशशरण महतले भने, ‘यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं । राष्ट्रपति र प्रधानमन्त्रीको विकल्पबारे पनि छलफल गर्छौं ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट