काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि समयसीमा तोकपछि विपक्षी दलले यसविरुद्ध चौतर्फी आलोचना गरिरहेका छन् ।
नयाँ सरकार र आफ्नो आगामी योजनाबारे पत्रकार सम्मेलनमार्फत् जानकारी गराउने बुझिएको छ ।
बालुवाटारमा शुक्रबार दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।