काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै राष्ट्रपति कार्यालय शीतल निवासअगाडि प्रदर्शन गर्न पुगेका नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुलाई प्रहरीले प्रक्राउन गरेको छ ।
राष्ट्रपतिले अध्यादेश जारी गरेरेर कानुन ल्याएर प्रतिनिधिसभा र संविधानको भावना कुल्चिएको भन्दै विद्यार्थी नेता प्रदर्शनमा उत्रिएका हुन् ।
शीतल निवासअगाडि प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघका नेता दुजाङ शेर्पाले जानकारी दिए ।
शान्तीपुर्ण रूपमा राष्ट्रपतिलाई संविधान बुझाउँन जाँदा अस्वीकार गरेको र विद्यार्थी नेतालाई धरपकड गरेको भन्दै उनीहरुलाई तत्काल रिहाइ गर्नुपर्ने नेता दुजाङ शेर्पाको माग छ ।