माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनेबारे बुढानीलकण्ठमा छलफल-Sutra News

माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनेबारे बुढानीलकण्ठमा छलफल

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा भएको छलफलमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल भएको छ ।



छलफलमा सहभागी एक नेताले सूत्रन्यूजसँग भने, ‘ओली प्रवृत्तिविरुद्ध लड्न एमालेबाट नै नयाँ प्रधानमन्त्री बनाएर अघि बढ्न उपयुक्त हुने विषयमा छलफल भएको हो, तर निष्कर्षमा अझै पुगिएको छैन ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउन २१ घण्टाको समयसीमा तोकिदिएकी थिइन् ।

शुक्रवार साँझ ५ बजेसम्म बहुमत प्राप्त गर्न सक्ने आधारसहित नयाँ प्रधानमन्त्रीको नाम सिफारिस गर्नुपर्ने हुन्छ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बन्ने सरकारमा दलीय व्हीप नलाग्ने कानूनविदहरूको तर्क छ ।

एमालेकै माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा सिफारिस गर्न सके एमालेकै कम्तिमा ४० सांसदले उनलाई सहयोग गर्ने अनुमान गरिएको छ । कांग्रेस र माओवादी केन्द्रको संयुक्त सहयोग हुने हो भने नेता नेपाल प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट