जसपामा किचलाे कायमै, ठाकुरले आफूखुसी कार्यकारिणी समिति बैठक नै स्थगित गरे-Sutra News

जसपामा किचलाे कायमै, ठाकुरले आफूखुसी कार्यकारिणी समिति बैठक नै स्थगित गरे

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक महन्थ ठाकुरले एकपक्षीय रुपमा स्थगित गरेका छन् । बैठक जेठ ८ र ९ गते बस्ने भनिएको थियाे । 



जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच सहमति भएर बैठक आह्वान गरिएको थियो । आज अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरी बैठक स्थगित गरेका छन् ।

यसअघि पनि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाउन माग गरेपनि अध्यक्ष ठाकुरले कोरोना महामारीको कारण देखाउँदै बैठक बोलाउन मानेका थिएनन् । यसपटक पनि कोरोनाको कारण देखाउँदै बैठक स्थगित गरिएको हो ।

कार्यकारिणी समितिमा अध्यक्ष उपेन्द्र यादव पक्षको बहुमत रहेको कारण अध्यक्ष ठाकुर पक्षले बैठक बसाउन नचाहेको उपेन्द्र यादव पक्षले आरोप लगाउँदै आइरहेको छ । 

187960653_471849400740188_4891017290488660320_n_LhxyDZWVSF.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट