राष्ट्रपतिको विरोध गरेर गणतन्त्रलाई कमजोर बनाउन खाेजियाेः प्रधानमन्त्री ओली-Sutra News

राष्ट्रपतिको विरोध गरेर गणतन्त्रलाई कमजोर बनाउन खाेजियाेः प्रधानमन्त्री ओली

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गरेर गणतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् ।



शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति गणतन्त्रको प्रतीक भएको उल्लेख गर्दै राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भएको बताए ।

उनले आफूले गरेका सिफारिसमा आफू जवाफदेही भएको बताउँदै त्यसमा राष्ट्रपतिलाई अनावश्यक रुपमा विवादमा नमुछ्न पनि आग्रह गरेका छन् ।

 उनले भने, ‘मैले गरेको सिफारिसप्रति म जवाफदेही छु । अहिले पनि म जवाफदेही छु । राष्ट्रपतिलाई दोष किन ?’ त्यस्तै आफूअनुकुलका सिफारिस नभएकैले राष्ट्रपति संस्थाको मर्यादा नराखिएको उनको भनाइ थियो । ‘राष्ट्रपतिको हुर्मत लिने काम, राष्ट्रपति अपमान गर्ने काम राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भयो,’ उनले भने ।

उनले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्ने भएकाले राष्ट्रपतिका काम, कर्तव्य र अधिकारबारे सामान्य जानकारी पनि नराखेर विवादमा मुछ्न खोजिएको भन्दै असन्तुष्टि पोखे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट