आफूनिकट सांसदसँग सिंहदरबारमा छलफल गर्दै माधव नेपाल, ३० जना उपस्थित भएको दाबी-Sutra News

आफूनिकट सांसदसँग सिंहदरबारमा छलफल गर्दै माधव नेपाल, ३० जना उपस्थित भएको दाबी

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट सांसदहरूलाई सिंहदरबार बोलाएर छलफल शुरू गरेका छन् ।



शुक्रवार अपराह्न करीब साढे १ बजे उनले आफूनिकट सांसदहरूलाई सिंहदरबार बोलाएर छलफल गरेका हुन् ।

‘हामी ३० को हाराहारीमा उपस्थित छौं,’ उपस्थित एक सांसदले सूत्रन्यूजसँग भने ।

शुक्रवार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा नेता नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार बनाउन २१ घण्टाको समयसीमा तोकिदिएकी थिइन् ।

  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट