अफगानिस्तानमा जारी हिंसामा महिला र बालबालिकासहित २० जनाको मृत्यु-Sutra News

अफगानिस्तानमा जारी हिंसामा महिला र बालबालिकासहित २० जनाको मृत्यु

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

अफगानिस्तान- अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको २४ घन्टा यताका भएका हिंसात्मक आक्रमणहरुमा परेर यहाँका २० जना नागरिकको ज्यान गएको छ । ती आक्रमणमा परेर महिला र बालबालिका पनि मारिएको समाचारमा जनाइएको छ । गएको २४ घन्टा यता यी हिंसात्मक हमलाहरु भएका बताइएको छ ।



अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा गराइएको एक शक्तिशाली विस्फोटनमा परेर एकै परिवारका चार जनाको बुधबार ज्यान गएको थियो । उक्त प्रान्तका प्रान्तीय गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार एक जना व्यक्ति, उनकी श्रीमती र दुई जना बच्चाको ज्यान गएको छ ।

मोटर साइकलमा यात्रा गरिरहेका उनीहरको घर नजिकैको एक सडकमा विछ्याइएको विद्युतीय धरापमा परेर उनीहरुको ज्यान गएको थियो । त्यसैगरी बुधबार राति पनि सोही प्रान्तको कारुम भन्ने स्थानमा पनि सडक छेउमा राखिएको बम विस्फोटमा परेर अरु तीन जना सर्वसाधारण मारिएका छन् ।

उनीहरु आफ्नो घरतर्फ गइरहेका बेला सडक किनारमा राखिएको बम अकस्मात विस्फोट भएको थियो । उता नान्गाहार प्रान्तमा पनि तालिबानहरुले गरेको आक्रमणमा परेर एक कारमा सवार रहेका पाँच जनाको ज्यान गएको छ ।

सो कारमा यात्रा गरिरहेका उनीहरुलाई तालिबानहरुले शक्तिशाली बम विस्फोट गराएका तथा कारमा गोली प्रहार गरेर हत्या गरेका थिए । यहाँ १ लाख १७ हजार ३६१ जनाको यही कोभिड १९ को संक्रमणबाट ज्यान गएको बताइएको छ । यहाँ पछिल्ला केही हप्तामा चार सय जनाको हराहारीमा दिनहुँ मानिसहरु कोभिडबाट ज्यान गुमाइहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट