देउवा, प्रचण्ड, उपेन्द्र र माधवबीच सिंहदरबारमा दोस्रो छलफल शुरू-Sutra News

देउवा, प्रचण्ड, उपेन्द्र र माधवबीच सिंहदरबारमा दोस्रो छलफल शुरू

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

नयाँ सरकार बनाउने विषयमा सिंहदरबारमा कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल शुरू भएको छ ।



छलफलमा ओलीलाई हटाउने विषयमा कुराकानी भइरहेको हो ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव र माधवकुमार नेपाल सहभागी छन् ।

छलफल सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा भइरहेको छ ।

आजै बिहान देउवानिवास बुढानीलकण्ठमा पनि छलफल भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत नयाँ सरकार गठन गर्न दलहरूलाई आज साँझ ५ बजेसम्मको समयसीमा दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट