काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १४९ सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय शितल निवास गएका छन् ।
विपक्षी गठबन्धनको सरकार बनाउन नेकपा एमालेकै माधव नेपाल समूहका २७ जना सांसद्को हस्ताक्षरसहित देउवा बहुमतको सरकार दाबी गर्न शितल निवास लागेका हुन् ।
नेपाल समूहबाट २७ सांसदको हस्ताक्षर भएको गगन थापाले बताए ।
विपक्षी गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टी, (महन्थ ठाकुर पक्ष) छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।