प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा १ सय ५३ सांसद रहेको भन्दै नयाँ प्रधानमन्त्रीमा दाबी गरेर शितलनिवासबाट फर्किएका छन् ।
एमालेको १ सय २१ र जसपाको ३२ सांसद आफ्नो पक्षमा रहेको ओलीको दाबी छ ।
विपक्षी गठबन्धन भन्दा केही पहिला राष्ट्रपतिनिवास पुगेका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
यता विपक्षी गठबन्धनका नेताहरू भने राष्ट्रपतिलाई कुरिरहेका छन् ।
विपक्षी गठबन्धनका तर्फबाट १ सय ४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन् ।