प्रधानमन्त्रीले पनि दाबी गर्नुभएको छ, म कानून हेर्छु- राष्ट्रपति-Sutra News

प्रधानमन्त्रीले पनि दाबी गर्नुभएको छ, म कानून हेर्छु- राष्ट्रपति

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी गठबन्धनका नेताहरूलाई आफूले कानून हेरेर प्रधानमन्त्रीमा गरिएको दाबीबारे निर्णय लिने बताएकी छन् । शुक्रवार पौने ५ बजे १ सय ४९ सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्रीको दाबी गर्न कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिनिवास शितलनिवास पुगेका थिए ।



देउवासँग विपक्षी गठबन्धनका दर्जन बढीनेताहरू राष्ट्रपति कार्यालय पुगेका थिए । विपक्षी दलका नेताहरूसँग राष्ट्रपतिले गरेको कुराकानी उदृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्रीको पनि दाबी छ । म कानून पनि हेर्छु र संविधानसम्मत निर्णय लिन्छु ।’

विपक्षी गठबन्धनले दाबी गर्नुअगावै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिनिवास पुगेका थिए । उनले आफूसँग १५३ सांसद रहेको भन्दै प्रधानमन्त्रीमा दाबी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट