काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठकको सूचना मन्त्रीहरुलाई पठाइएको छ ।
बिहीबार नियमित बैठक भए पनि शुक्रबारको बैठक भने आकस्मिक रुपमा बोलाइएको एक मन्त्रीले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्रीको दाबी गर्दै १५३ सांसदको हस्ताक्षर बुझाएका छन् ।
विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीको दाबी गर्दै १४९ को हस्ताक्षर बुझाएका छन् ।
विपक्षी गठबन्धनमा माओवादी केन्द्र, जसपाका उपेन्द्र पक्ष, एमालेका माधव नेपाल पक्ष र नेपाली कांग्रेस छन् ।
आजको मन्त्रीपरिषद् बैठकलाई महत्वका साथ हेरिएको छ ।