देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको योगेश भट्टराईको खुलासा-Sutra News

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको योगेश भट्टराईको खुलासा

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका छन् ।



माधव नेपाल पक्षका २८ जनामध्ये २६ जनाकोमात्र हस्ताक्षर पेश भएकोमा भट्टराई र जयकुमार राईको छैन ।

भट्टराईले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू इतिहासको कठोर मूल्यांकनमा खडा भएको बताएका छन् ।

भट्टराईले भनेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट