राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ: गगन थापा-Sutra News

राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ: गगन थापा

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अन्तिमपटक सुध्रिने मौका आएको बताएका छन् ।



शुक्रबार विपक्षी गठबन्धन र प्रधानमन्त्री केपी ओली स्वयम्ले प्रधानमन्त्रीका लागि दाबी गरेको विषय उल्लेख गर्दै थापाले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री ओलीसँग १५३ जनाको समर्थन भएको भए सरकारले ७६ (३) को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ? भन्दै प्रश्न गरेका थापाले फेरि किन भजालझेल गरेको भनेर सोधेका हुन् ।  

‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६ (३) को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ?’, थापाले फेसबुकमा लेखेका छन्, ‘प्रमले नै म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६ (५) को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले ‘विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’ भन्दै आव्हान गर्ने। अब फेरी जालझेल !’

आफूसँग बहुमत नभएको प्रष्ट हुँदाहुँदै बहुमतको समर्थन छ भनेर दाबी गर्नु असङ्गत असंवैधानिक र अनैतिक भएको दाबी थापाले गरेका छन् ।

‘यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ ।  राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ’, थापाले थप लेखेका छन्, ‘महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ ! नभए भिर बाट खस्नेलाई राम राम ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट