प्रतिनिधिसभा विघटनपछि देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक-Sutra News

प्रतिनिधिसभा विघटनपछि देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक

शनिबार, ८ जेष्ठ २०७८

शनिबार, ८ जेष्ठ २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।



शनिबार विहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्दै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि कांग्रेसको आकस्मिक बैठक बस्न लागेको हो ।

उक्त निर्णयको कांग्रेस नेताहरुले चर्को विरोध गरेका छन् । बैठकले सरकारको कदमको प्रतिवाद गर्ने गरी रणनीति तय गर्ने बुझिएको छ ।

देउवाले पार्टीका नेताहरुसँग बैठकपछि विपक्षी दलका नेतासँग पनि आफैं छलफल गर्ने बुझिएको छ ।

माओवादी केन्द्र, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव पक्षसँगको छलफलको समय भने तय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट