गगन थापाले दिए प्रधानमन्त्री र राष्ट्रपतिलाई ‘देशघाती जोडी’ को संज्ञा-Sutra News

गगन थापाले दिए प्रधानमन्त्री र राष्ट्रपतिलाई ‘देशघाती जोडी’ को संज्ञा

शनिबार, ८ जेष्ठ २०७८

शनिबार, ८ जेष्ठ २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले सचेत नागरिकको साथ लिएर राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न दलहरुलाई आह्वान गरेका छन् ।



उनले महामारीमा त यस्तो अधर्म गर्न सक्ने ‘देशघाती जोडी’ यहिँ र यत्तिमै रोकिनेवाला नरहेको दाबी गर्दै खुट्टा नकमाएर प्रतिवादमा उत्रन दलहरुलाई आह्वान गरेका हुन् ।

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेका थापाको दाबी छ ।

‘महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिनेवाला छैनन्’, थापाले भनेका छन्, ‘नेतागण ! नअलमलिउँ, खुट्टा नकमाऔँ, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौँ ।’

उनले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई संविधान र संसद दुवै मन नपरेको दाबी गरेका छन् ।

‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद, विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक,७६ (३) को सरकार गठन, विश्वासको मत लिनुको सट्टा ७६ (५) को आह्वान, अनुकुल नभएपछि फेरि विघटन, कस्तो सेटिङरु प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो लिए’, थापाले अगाडि भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट