प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार अपराह्न ४ बजे स्थायी कमिटी बैठक बोलाएका छन् ।
बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कारवाही गर्ने विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
‘देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने र एमालेमै रहेर अन्य तत्वहरूलाई कारवाही गर्ने विषयमा छलफल हुन्छ,’ ती नेताले भने ।
शुक्रवार मध्यरात राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको सिफारिसमा प्रतिनिधि सभा दोस्रो पटक भंग गरेकी थिइन् ।
ओली र राष्ट्रपतिको कदमविरुद्ध विपक्षी गठबन्धनका नेताहरू आक्रामक देखिएका छन् । नयाँ रणनीति बनाउन उनीहरूको पनि बैठक चलिरहेको छ ।