नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय [नामसहित]-Sutra News

नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय [नामसहित]

शनिबार, ८ जेष्ठ २०७८

शनिबार, ८ जेष्ठ २०७८

काठमाडौं- सत्तारुढ एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।



शनिबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

खनाल, नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, निरा जैरू, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मीकुमार चौधरी र कल्णाणी खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा नेपाल पक्षका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए । तर, ११ सांसदलाई मात्र स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट