के गोकुल बास्कोटा पुनः मन्त्री बन्दैछन् ?-Sutra News

के गोकुल बास्कोटा पुनः मन्त्री बन्दैछन् ?

शनिबार, ८ जेष्ठ २०७८

शनिबार, ८ जेष्ठ २०७८

७० करोड घुस लेनदेनको आरोप लागेर सञ्चारमन्त्रीबाट डेढ वर्षअघि राजीनामा दिएका एमालेका नेता गोकुल बास्कोटा पुनः मन्त्री बन्ने चर्चा चलेको छ ।



बास्कोटानिकट नेता तथा कार्यकर्ताहरूले उनलाई फोन गरेर बधाइ दिन शुरू गरिसकेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत बास्कोटालाई मन्त्री बनाउन सकारात्मक देखिएका छन् ।

बालुवाटारनिकट स्रोतले सूत्रन्यूजसँग भन्यो, ‘बास्कोटालाई ७० करोडको किर्ते आरोप लागेको हो, त्यसको कुनै पनि तुक छैन । मन्त्री बन्न उहाँ सक्षम हुनुहुन्छ ।’

यसबारे बास्कोटालाई प्रश्न गर्दा उनले केही प्रतिक्रिया दिन चाहेनन् ।

केही दिन अघि सर्वोच्च अदालतले पूर्वमाओवादी पृष्ठभूमिका ७ मन्त्रीहरूको पद खारेज गरिदिएको थियो । संघीय संसदको सदस्य नरहेका व्यक्ति एकपटक ६ महिनाका लागि मन्त्री हुन सक्ने व्यवस्था भएपनि उनीहरूले दोस्रो पटक नियुक्ति लिनु गैरसंवैधानिक रहेको अदालतको ठहर छ ।

तर शुक्रवार राति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भंग गरेपछि भने अब तीनै पुराना केही अनुहारलाई ओलीले तेस्रोपटक मन्त्री बनाउन सक्ने आंकलनसमेत गरिएको छ ।

बजेट ल्याउनुअघि नै खालि मन्त्रालयमा मन्त्री नियुक्त गर्ने ओलीको तयारी देखिन्छ ।

ओलीले ८ मन्त्रालय लिएर जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई सरकारमा आमन्त्रणसमेत गरेका छन् । तर ठाकुरले आफ्नो माग पूरा नगरेसम्म सरकारमा सहभागी नहुने पुरानो अडान दोहोर्याएका छन् ।

अबका सम्भावित मन्त्रीहरूमा महेश बस्नेत, गोकुल बास्कोटा, गृहमन्त्रालयमा पुनः रामबहादुर थापा बादललगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट