राजेन्द्र महतो संसदीय दलको नेता होइन्, पार्टीको विधान मिचियोः उपेन्द्र यादव-Sutra News

राजेन्द्र महतो संसदीय दलको नेता होइन्, पार्टीको विधान मिचियोः उपेन्द्र यादव

आइतबार, ९ जेष्ठ २०७८

आइतबार, ९ जेष्ठ २०७८

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पार्टीका नेता राजेन्द्र महतोलाई संसदीय दलको नेतामा स्वीकार नगर्ने निर्णय गरेको छ ।



शनिबार काठमाडौंमा उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यसमितिको बैठकले विधि विधान विपरित एकलौटी ढंगले गरिएको दलको नेता चयन मान्य नहुने निर्णय गरेका अध्यक्ष यादवले जानकारी दिए ।

संसदीय दलको विधान नभएको र पार्टीले निर्वाचन समिति नवनेकाले अवैध तवरले दलको नेता चयन गरेको यादवले बताए । उनले पार्टीको विधान उलंघन गर्ने नेताहरूलाई कारबाही गरिने जानकारी दिए । बैठकले असंवैधानिक तवरले संसद विघटन गरिएको भन्दै यसको विरोध गरेको छ ।

त्यस्तै संसद विघटनकोविरुद्धमा विपक्षी पाँच दलले गरेको निर्णयको स्वागत गर्ने निर्णय पनि गरिएको अध्यक्ष यादवले जानकारी दिए । उनले सरकारको कदमविरुद्ध परिवर्तनकारी शक्तिसँगको सहकार्यलाई अघि बढाउने बताए ।

यादवले शनिबार बसेको बैठक नै आधिकारीक बैठक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट