बदलाको राजनीतिले गन्तव्यमा पुर्याउँदैन, संवाद गरौंः योगेश भट्टराई-Sutra News

बदलाको राजनीतिले गन्तव्यमा पुर्याउँदैन, संवाद गरौंः योगेश भट्टराई

आइतबार, ९ जेष्ठ २०७८

आइतबार, ९ जेष्ठ २०७८

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि गन्तव्यमा नपुर्याउने बताएका छन् ।



पार्टी विभाजनको संघारमा पुगेका बेला नेता भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तव्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो’,भट्टराईले भने ।

सबैले आफ्नो विगतलाई हेरेर धैर्य गरी संवाद गर्नुपर्ने पनि नेता भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट