

रोल्पाको जंगलमा ९ सय ७० राउन्ड गोली फेला परेको छ।
रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ रामपुर गाउँ नजिकैको एक सामुदायिक वनको बाँसघारीमा प्लाष्टिकले बेरी राखेको अवस्थामा ती गोली फेला परेका प्रहरीले जनाएको छ ।
‘जनयुद्धकालमा लुकाइएका गोली हुन सक्ने हाम्रो आशंका रहेको छ,’ एक प्रहरी अधिकृतले बताए ।
स्थानीयले दिएको विशेष जानकारीको आधारमा अनुसन्धान गर्दा सोही परिणाममा गोली फेला परेको बताइएको छ ।