देउवाकै नेतृत्वमा सरकार बन्नेमा ढुक्क छौं: महामन्त्री कोइराला-Sutra News

देउवाकै नेतृत्वमा सरकार बन्नेमा ढुक्क छौं: महामन्त्री कोइराला

आइतबार, ९ जेष्ठ २०७८

आइतबार, ९ जेष्ठ २०७८

काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्नेमा आफूहरू ढुक्क रहेको बताएका छन् ।



आइतबार सञ्चारकर्मीसँग सिंहदरबारमा कुराकानी गर्दै उनले संसद विघटन गर्ने कदम सच्याउन अदालतले न्याय दिनुपर्नेसमेत बताए ।

‘राष्ट्रपतिलाई १४९ जनाको हस्ताक्षर बुझाएका थियौँ तर उहाँले मान्यता दिनुभएन,’ कोइराला भने, ‘यो कदमलाई अदालतले न्याय दिनेछ भन्नेमा हामी विश्वस्त छौं, ओलीका शैली गम्भीर खालका छन्, उनले चुनाव गराए निकै दुर्भाग्य हुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट