बनाउँदै गरेको घर भत्किंदा एकै परिवारका ३ को मृत्यु-Sutra News

बनाउँदै गरेको घर भत्किंदा एकै परिवारका ३ को मृत्यु

आइतबार, ९ जेष्ठ २०७८

आइतबार, ९ जेष्ठ २०७८

प्यूठानको नौबहिनी गाउँपालिकामा बनाउँदै गरेको घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा ४० वर्षीय वोमबहादुर, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र साढे २ वर्षीय छोरा शिशिर मल्ल रहेका छन् ।

नौबहिनी गाउँपालिका–१ स्याउँलिवाङ चौतारामा शनिबार राति स्थानीय वोमबहादुर मल्लको घर भत्किएको थियो ।

उनीहरुको शवको पोस्टमार्टम गर्ने तयार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट