नायिका रेखा थापाको आक्रोश – धैर्यताको सीमा तोडिने बेला आयो-Sutra News

नायिका रेखा थापाको आक्रोश – धैर्यताको सीमा तोडिने बेला आयो

आइतबार, ९ जेष्ठ २०७८

आइतबार, ९ जेष्ठ २०७८

नायिका रेखा थापाले नेताहरुलाई पदको पछाडि नभई आफूले पाएको मत र मतदाता बचाउन जिम्मेवारीमा अगाडि उभिनुपर्ने बताएकी छन् ।



उनले देश कोरोनाको बैश्विक महामारी कहाली लाग्दो आतंकमा परेको भन्दै सम्पूर्ण जनप्रतिनिधिहरुलाई नागरिकको जीवन रक्षाको लागी जुट्नुपर्ने उल्लेख गरेकी छन् ।

‘हामी नेपाली र यो राजनीतिले आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने, बोल्ने र तर्क गरुन्जेल आम जनता सधैं निरिह रैती मात्र हुने भए,’ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेकी छन्, ‘यस्तो बेलामा पदको पछाडि होइन आफुले पाएको मत र मतदाता बाचाउने जिम्मेवारीमा अगाडि उभिनु पर्ने होइन र ?’

उनले लाखौं मान्छेले मत दिएका माननीय अनी पार्टीहरू गुनासो र गाली गर्ने चौतारो हुन् ? भन्दै प्रश्नसमेत गरेकी छन् ।

‘लासहरुले पनि हृदय नछुने पापी व्यवस्थामा अब राजनीति झन घृणित हुने देखिन्छ,’ उनले थपेकी छन्, ‘यिनी अनुहार सिंहदरबार छिरेको कति वर्ष भयो ?’

हिसाब व्यक्ति र व्यवस्थाको हुनुपर्ने भन्दै उनले जनताले आफ्नो धैर्यताको सीमा तोडिने बेला आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट