कांग्रेस पनि प्रचण्डपथतिर लाग्यो – ओली-Sutra News

कांग्रेस पनि प्रचण्डपथतिर लाग्यो – ओली

आइतबार, ९ जेष्ठ २०७८

आइतबार, ९ जेष्ठ २०७८

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दललाई कोभिड-१९ विरुद्धको लडाइँमा केन्द्रित हुन आग्रह गरेका छन् ।



आइतवार बालुवाटारमा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले गरेको अन्तर्क्रियामा उनले उनले कोभिड विरुद्धको लडाईमा सबैजना मिलेर लाग्नुपर्ने बताएका हुन् ।

‘केपी ओलीले गरेको चुनावमा भाग नलिए कसले गरेको चुनावमा भाग लिने हो ?’ उनले प्रश्न गरे, ‘काँग्रेस उत्तेजना र आवेशमा आएर प्रचण्डपथमा लग्यो । लोकतन्त्र अनुशासनहीनता होइन अराजकता होइन यो एउटा राम्रो प्रणाली हो । कसैले एमालेविरुद्ध सिग्नेचर गरेर जाने शैलीले कहाँ पुग्छ ?’

उनले थप प्रश्न गरे – ‘उनले जसपाका नेताहरुलाई अनुशासनभन्दा बाहिरको बाटोमा हिँडाएर अघि बढ्न खोज्दा लोकतन्त्र कहाँ पुग्छ ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट