यी हुन् देउवालाई प्रधानमन्त्री बनाउन अदालतसमक्ष परमादेश माग गर्ने १८ सांसद-Sutra News

यी हुन् देउवालाई प्रधानमन्त्री बनाउन अदालतसमक्ष परमादेश माग गर्ने १८ सांसद

आइतबार, ९ जेष्ठ २०७८

आइतबार, ९ जेष्ठ २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १८ सांसदहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्ने परमादेश माग गर्दै सर्वोच्च अदालतमा पेश गरिएको रिटमा हस्ताक्षर गरेका छन् ।



हस्ताक्षर गर्नेमा जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, झपटबहादुर रावल, निरादेवी जैनु, सोमप्रसाद पाण्डे, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, माधवकुमार नेपाल, भीमबहादुर रावल, कलिला खातुन, घनश्याम भुसाल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, झलनाथ खनाल, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ रहेका छन् ।

यसअघि नेपालनिकट मानिएका योगेश भट्टराई, गोकर्ण बिष्टलगायत नेताहरूले हस्ताक्षर नगरेको स्रोतको दाबी छ ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट