

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २२ वटा रिट पेश भएको छ ।
सार्वजनिक सरोकारको विषय (पिआइएल) प्रयोग गर्दै कानून व्यवसायीहरुले सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् ।
सर्वोच्चमा अधिवक्ता सन्तोष भण्डारी, किर्तिनाथ शर्मा पौडेल र वीरभद्र जोशीसहितका कानून व्यवसायीले रिट पेश गरेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनपछि अहिले सबैतिरबाट विरोध भइरहेको छ ।