प्रधानमन्त्री र राष्ट्रपतिविरुद्धका रिट आज दर्ता नहुने  -Sutra News

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्धका रिट आज दर्ता नहुने  

आइतबार, ९ जेष्ठ २०७८

आइतबार, ९ जेष्ठ २०७८

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी दलहरूको रिट सर्वोच्चमा भोली मात्र दर्ता हुने भएको छ ।



आज हस्ताक्षर संकलन भइसके पनि अन्य प्रक्रिया पूरा हुन बाँकी रहेकाले भोलि बिहान १० बजेपछि रिट दर्ता गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म बहुमत सांसदको हस्ताक्षर जुटिसकेको छ ।

रिटमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न माग गरिएको छ ।

रिटमा १ सय ४९ सांसदहरूको हस्ताक्षर भएको दाबीसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट