अफगान सेनाको कारबाहीमा ६ जना लडाकूको मृत्यु-Sutra News

अफगान सेनाको कारबाहीमा ६ जना लडाकूको मृत्यु

आइतबार, ९ जेष्ठ २०७८

आइतबार, ९ जेष्ठ २०७८

काबुल- अफगान सेनाले पूर्वी लोगार प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा ६ जना तालिबानी लडाकूको मृत्यु भएको छ । सेनाले गरेको उक्त आक्रमणमा अरु चार जना घाइते भएको अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।



सेनाले जारी गरेको विज्ञप्तिमा राजधानी काबुलभन्दा करिब ६० किलोमिटर दक्षिणका मोहम्मद आघा र बाराकी बाराक जिल्लामा अफगान वायुसेनाले शनिबार आक्रमण गरेको र त्यसक्रममा स्थानीय तालिबान नेताको पनि मृत्यु भएको उल्लेख छ ।

तालिबान लडाकू लुकेर बसेको भरपर्दो सूचनाका आधारमा हवाई आक्रमण गरिएको र त्यसबाट कोही पनि निर्दोश व्यक्ति हताहत नभएको सेनाले दाबी गरेको छ ।अफगानी तालिबान समूहले राजधानी र प्रमुख शहर बाहिरका जिल्लामा पछिल्लो पटक हिंसात्मक भिडन्तहरु जारी राखेका छन् ।

पछिल्ला विवरण अनुसार अफगानिस्तानका ४०७ जिल्लामध्ये १५ वटामा तालिबानको नियन्त्रण छ भने ४० वटा जिल्लालाई तालिबानले नियन्त्रण लिने प्रयास गरिरहेको छ ।संयुक्तराज्य अमेरिका र नेटोका फौजले अफगानिस्तान छाड्नै लाग्दा अफगानिस्तानभित्र हिंसाका घटनामा पुनः बढ्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट