

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत बजेट ल्याउने जानकारी दिएका छन् ।
बालुवाटारमा एमालेनिकट प्रेस चौतारीसम्बद्ध सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले संसद नरहेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याउने बताएका हुन् ।
जेठ १५ मा बजेट ल्याउनै पर्ने संविधानिक व्यवस्था रहेको छ ।
गत शुक्रवार मध्यराति ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।