काठमाडौं- नेपाल टेलिकमले कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई एक महिनाको लागि निःशुल्क अनलिमिडेट भ्वाइस प्याक उपलब्ध गराउने भएको छ ।
‘थ्याङ्क्यु हेल्थकेयर वर्कर’ नाम दिइएको यो सुविधा चिकित्सक, नर्स, प्यारामेडिक्स, आयुर्वेदकर्मी, फार्मासिस्टले पाउने छन् ।
नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नर्सिङ परिषद, फार्मेसी परिषद्, आयुर्वेद चिकित्सा परिषद्लगायतका स्वास्थ्यका नियमक निकायका प्रमुखहरूले सो सुविधा सम्बन्धि सम्झौँतामा हस्ताक्षर गरेका छन् ।