काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा विचाराधीन अध्यादेश सत्ता स्वार्थको निम्ति ल्याएको आरोप लगाउँदै त्यसलाई फिर्ता लिन माग गरेका छन् ।
‘नागरिकता विधेयक संसदमा विचाराधिन छ,’ थापाले भनेका छन्, ‘तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरताबीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछु । यो राष्ट्रहितविपरित र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले आजै नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।
नागरिकता विधेयक संसदमा विचाराधिन छ।तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बिच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछु।यो राष्ट्रहित विपरित र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ
— Kamal Thapa (@KTnepal) May 23, 2021