

ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा अर्को रिट परेको छ ।
अधिवक्ता कृष्ण भण्डारीले ओलीका पक्षमा बहुमत सांसद पुग्ने भन्दै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
शुक्रवार ओलीले आफ्ना पक्षमा १ सय ५३ सांसदको हस्ताक्षर रहेको भन्दै राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दाबी गरेका थिए ।
तर राष्ट्रपतिले कांग्रेस सभापति शेरबहादुर देउवा र ओली दुवैको दाबी नपुग्ने भन्दै खारेज गरेर संसद भंग गरिदिएकी थिइन् ।
संसद विघटनविरुद्ध आजै सर्वोच्च अदालतमा करीब दुई दर्जन रिट परिसकेको छ ।
ओली विरुद्धको विपक्षी गठबन्धनले भने सोमवार रिट दायर गर्ने जनाएको छ ।