

सत्ता समीकरणमा निर्णायक मानिएको जसपाको अनौपचारिक विभाजन भएको छ । अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको निर्णय नमान्ने निर्णय गरेको छ ।
उपेन्द्र यादव पक्षले आज कार्यकारिणी बैठक बोलाएको थियो । बहुमत कार्यकारिणी सदस्य उपस्थित भएको दाबी उपेन्द्र पक्षको छ ।
तर अध्यक्ष महन्थ र केही दिनअघि मात्र ठाकुर समूहले संसदीय दलका नेताका रूपमा चयन गरेका राजेन्द्र महतोले उपेन्द्र पक्षको बैठकको निर्णयलाई च्यालेन्ज गरेका छन् ।
‘स्थगित गरिएको बैठक गोप्य रूपमा संचालन गरिएको पायौं, त्यसैले हामी त्यस बैठकको निर्णयमा सहमत हुन सक्दैनौं,’ ठाकुर पक्षका एक नेताले भने ।
हेर्नुहोस्, विज्ञप्ति –