

काठमाडौँ। नेपाली काँग्रेसकी सांसद डा.डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली निभ्ने बेलाको बत्ती भएको बताएकी छन् ।
सोमवार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै संग्रौलाले ओली निभ्ने बेलाको बत्ती भएको उल्लेख गरेकी हुन् ।
‘निभ्ने बेलाको बत्ती जस्तै पत्रकारसँग अन्तरक्रिया गर्दै आफूसँग असहमत हुने सबैलाई गाली गर्दै बरबराहट र चिट्चिटाहटमा परिणत भएको सन्चार माध्यमबाट स्पस्ट देखिन्छ,’ उनले लेखेकी छन्, ‘न्यायको ढोका घच्घच्याएर संविधानलाई लीकमा ल्याउने प्रतिनिधिसभा सदस्यहरुको प्रयत्नलाई ओली सरकारले न्यायालयलाई दबाब दिन लागेको भनी प्रतिनिधिसभा सदस्य र अदालत समेतलाई मानमर्दन गर्नु बौलाहटपन सिवाय अरु के हुन सक्दछ ?’
हेर्नुहोस उनको फेसबुक स्टाटस
काङ्ग्रेस ,माओवादी ,जसपा(उपेन्द्र यादव) र एमाले (माधव समूह)का बहुमत प्रतिनिधि सभा सदस्यहरुले असम्बैधानिक तवरले प्रधानमन्त्री र रास्ट्रपतिको जालझेल एबम बदनियतपुर्ण तवरले जनताको सार्बभौमसत्ता सम्पन्न प्रतिनिधिसभा मध्यरातमा विघटन गरेको बिरोधमा सम्मानित सर्बोच्च अदालतमा कानुनी उपचारकोलागि सामुहिक रुपले भोलि जेष्ठ १० गते हस्ताक्षर अभियान जारीगरि रिट निवेदन अदालतमा बुझाउन जाने कार्यले ओलि सरकारको कन्पारो तातिएको छ। निभ्ने बेलाको बत्ति जस्तै पत्रकारसंग अन्तरक्रिया गर्दै आफूसंग असहमत हुने सबैलाई गाली गर्दै बरबराहट र चिट्चिटाहटमा परिणत भएको सन्चार माध्यमबाट स्पस्ट देखिन्छ ।न्यायको ढोका घच्घच्याएर संविधानलाई लिगमा ल्याउने प्रतिनिधिसभा सदस्यहरुको प्रयत्नलाई ओलि सरकारले न्यायलयलाई दबाब दिन लागेको भनी प्रतिनिधिसभा सदस्य र अदालत समेतलाई मानमर्दन गर्नु बौलाहटपन सिबाय अरु के हुन सक्दछ?यस्तो महामारी र देशै आक्रन्त भै स्वस्थ्य सुबिधाको अभावबाट जनता मरिरहेको अबस्थामा ओलि सरकारको अहंता र रास्ट्रपतिको गुटगत स्वार्थपनले देशलाई चुनाबको खाडलमा जकड्याइ थप संकटमय बनाएको छ।सम्मानित सर्बोच्च अदालतले न्याय मर्न कदापि दिने छैन भन्ने बिश्वासको साथ हामी बहुमत प्रतिनिधि सदस्यहरु रिट निवेदन लिएर अदालत समक्ष प्रस्तुत हुनेनैछौ।