कोरोना संक्रमण बढेपछि एसिया कप क्रिकेट स्थगित-Sutra News

कोरोना संक्रमण बढेपछि एसिया कप क्रिकेट स्थगित

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौं- कोरोना भाइरसको महामारी बढेपछि एसिया कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।



एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार एसिया कप क्रिकेट स्थगित गरिएको जनाएको छ ।एसीसीले स्थगित एसिया कप २०२३ मा आयोजना गरिने जनाएको छ ।

सन् २०२२ मा एसिया कप आयोजनाको तय भइसकेको कारण यस संकरणको एसिया २०२३ मा हुने बताईएको छ । यस वर्षको एसिया कप श्रीलंकामा हुने तय भएको थियो ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुने थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट