यस्तो छ आजको मौसम-Sutra News

यस्तो छ आजको मौसम

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौं । देशका अधिकांश क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा केही प्रभाव परेको हो ।



अहिले प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । सोमबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहने छ ।

प्रदेश १ का पहाडी क्षेत्रका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति प्रदेश १, बागमती, तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यसैबिच पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून-चापीय क्षेत्र सोमबार (आज) बेलुकासम्ममा यास चक्रवातमा परिणत भई मंगलबारसम्ममा अति धेरै शक्तिशाली चक्रवात बन्ने देखिएको मौसमविदले बताएका छन् । उक्त चक्रवातको केही असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सो प्रणालीका कारण मंगलबार अपरान्ह पछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट