

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार अपराह्न ४ बजे स्थायी कमिटी बैठक बोलाएका छन् ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाललगायत उनी समूहका नेताहरूलाई कारवाही गर्ने विषयमा छलफल हुनेछ ।
‘पार्टीभित्र बसेर अरू दललाई सघाउनेहरूलाई सोधिएको स्पष्टिकरणका बारेमा छलफल हुनेछ,’ एक स्थायी कमिटी सदस्यले भने ।
२४ घण्टाको समय दिएर नेपाल लगायत ११ सांसदलाई स्पष्टिकरण सोधिएको थियो ।
उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
यसैबीच आज विपक्षी गठबन्धनका दलहरू सर्वोच्च अदालत जाने भएका छन् ।
गत शुक्रवार मध्यरातमा प्रतिनिधि सभा विघटन सिफारिस गर्ने प्रधानमन्त्री ओली र सदर गर्ने राष्ट्रपतिविरुद्ध विपक्षी गठबन्धन अदालत जाने भएका हुन् ।