

काठमाडौं । कोरोना संक्रमण तथा जोखिम न्युनिकरणको ध्यानमा राख्दै गरिएको निषेधाज्ञा काठमाडौँ उपत्यकामा एक हप्ता थप्ने तयारी भएको छ ।
कोरोना भाइरसको संक्रमण दर दिनानुदिन बढ्दै गएको हुनाले एक साता थप्ने तयारी भएको काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले बताएका छन् ।
यता गृह मन्त्रालयले पनि तिनैवटा सुरक्षा निकायहरुलाई निषेधाज्ञालाई कडा बनाउनको लागी निर्देशन दिइसकेको छ ।
काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा आगामी १३ गते सकिंदैछ ।