ओली र महन्थबीच संख्यामा मिलेन कुरा, ७ भन्दा बढी मन्त्रालय दिन नसकिने अडान-Sutra News

ओली र महन्थबीच संख्यामा मिलेन कुरा, ७ भन्दा बढी मन्त्रालय दिन नसकिने अडान

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्य गर्न आतुर जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र पक्षले मागेको मन्त्रालय संख्या दिन नसकिने अडान ओलीले राखेका छन् ।



स्रोतका अनुसार अध्यक्ष महन्थ ठाकुरले ८ मन्त्री र २ राज्यमन्त्री मागिरहेका छन् । तर ओलीले ७ भन्दा बढी मन्त्री पद कुनै हालतमा दिन नसकिने अडान राखेका हुन् ।

‘अस्ति अदालतले खालि गरिदिएका ७ मन्त्रालय छन्, तपाईंहरू आउने भए आउनुस् नत्र ठीकै छ,’ ओलीको भनाइ उदृत गर्दै जसपाका एक नेताले सूत्रन्यूजसँग भने ।

आफ्ना अधिकांश मागहरू पूरा गरिदिएको भन्दै जसपाको ठाकुर पक्ष सरकारमा जाने तयारी गरेको हो । तर मन्त्रालय भागबण्डाको किचलोका कारण तत्काल निर्णय हुन सकिरहेको छैन ।

ओलीले बालुवाटारमा आफूनिकट प्रेस चौतारीका पत्रकारहरूसँग कुरा गर्दै मन्त्रीमण्डल पुनःगठन गर्ने जानकारी दिएका थिए । संवैधानिक प्रावधानअनुसार २५ भन्दा बढी मन्त्री राख्न पाइदैन ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने ठाकुर-महतो पक्षलाई कारवाही गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट