विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर गर्न माधव पक्षका सांसदहरु सिंहदरवारमा-Sutra News

विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर गर्न माधव पक्षका सांसदहरु सिंहदरवारमा

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको विरोध गर्दै आइरहेका  विपक्षी दलहरुको गठबन्धनले सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्नको लागी एमाले नेता  माधवकुमार नेपाल पक्षका सांसदहरु सिंहदरबारमा पुगेका छन् ।



विपक्षी गठनबन्धनका नेताहरुले आज सर्वोच्च अदालतमा संसद विघटन विरुद्धको रिट दायर गर्ने कार्यक्रम रहेकोले माधव पक्षका सांसदहरु सिंहदरबारमा आइपुगेका हुन् ।

धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सिफारिस गर्नको लागी उनीहरुले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दिने तयारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट