देउवालाई प्रधानमन्त्री बनाउन माग गर्ने यी हुन् माधव नेपाल पक्षका ३० सांसद-Sutra News

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्ने यी हुन् माधव नेपाल पक्षका ३० सांसद

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८



काठमाडौँ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका  सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् । 

सिंहदरबारमा भएको सांसदको भेलाबाट माधव पक्षका ३० सांसदहरुले हस्ताक्षर गरेको एक नेताले जानकारी दिए ।

हिजो देउवालाई प्रधानमन्त्री बनाउनका लागी माधव पक्षका २१ सांसदहरुले हस्ताक्षर गरेकोमा आज ९ जना थपिएर जम्मा ३० जनाले हस्ताक्षर गरेका छन् ।

कोको छन् हस्ताक्षर गर्नेहरुमा ?

काँग्रेस सभापति देउवालाई ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नको लागी नेकपा एमालेको माधव पक्षबाट हस्ताक्षर सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने लगायत ३० जना रहेका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट