काठमाडाैं- बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख विष्णु प्रसाईंले प्रदेश सरकारको सिफारिशमा आठौं अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभाको बजेट अधिवशेन १६ जेठ अपराह्न ३ बजे आह्वान गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशनका लागि प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको थियो ।
प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आठौँ अधिवेशन आह्वान गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार १ असारमा प्रदेश सरकारले बजेट ल्याउनुपर्छ ।
त्यसअघि प्रि-बजेट छलफल हुने गरेको छ । प्रि-बजेट छलफललाई ध्यानमा राखेर १६ जेठमा अधिवेशन बोलाइएको प्रदेश सरकारले जनाएको छ ।
अहिले बजेट निर्माण जुटिरहेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए ।