नागरिकतासम्बन्धी अध्यादेशमा राप्रपाको असन्तुष्टि-Sutra News

नागरिकतासम्बन्धी अध्यादेशमा राप्रपाको असन्तुष्टि

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौँ। राष्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा) ले  राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति  विरोध जनाएको छ ।



सोमबार एक ट्वीट गर्दै राप्रपा अध्यक्ष कमल थापाले नागरिकतासम्बन्धी अध्यादेशप्रति विरोध जनाएका हुन् ।

‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछ’, थापाले ट्वीटरमार्फत भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट